हराएकी महिलाको दुई दिनपछि शव फेला
जनकपुरधाम | साउन ८, २०७९
सांकेतिक तस्बिर
जनकपुरधाम : बाख्रा चराउने क्रममा हराएकी सिरहाको विष्णुपुर गाउँपालिका-२ का एक महिला दुई दिनपछि मृतावस्थामा फेला परेकी छिन् । गत बिहीबारदेखि हराएकी विष्णुपुर गाउँपालिका-२ निवासी ४७ वर्षीया उर्मिलादेवी यादवको शव शनिबार साँझ स्थानीय कटनियाँ खोलामा फेला परेको प्रहरीले जनाएको छ ।
बाख्रा चराउन भन्दै घरबाट हिँडेकी उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिनुभयो । शव परीक्षणका लागि लहानस्थित प्रदेशिक अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...
काठमाडौ: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा...

